शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन - साझाकुरा

शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधन


editor@sajhakura August 1, 2024

श्रावण १७

शास्त्रीय सङ्गीतका धुरन्धर गुरु गुरुदेव कामतको आज आफ्नै निवासमा ६९ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मिर्गौला रोगबाट पीडित वहाँले आफ्नै जन्मथलो सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका २ पोखरभिण्डामा बिहान अन्तिम सास लिनुभएको थियो ।
शास्त्रीय सङ्गीतमा निकै श्रद्धाका साथ नाम लिइने गुरुदेव कामतले पछिल्ला ४० वर्षदेखि काठमाण्डौमा रहेर नेपाली गीत, सङ्गीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आउनुभएको थियो । उहाँको आजै अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *