शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयको अनुरोध - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

शिक्षकको तलब भत्ता मासिक रूपमा भुक्तानी गर्न पालिकाहरूलाई मन्त्रालयको अनुरोध


editor@sajhakura December 6, 2024

मंसिर २१
नेपाल सरकार सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मासिक रुपमा शिक्षकहरुलाई तलब भत्ता उपलब्ध गराउन पालिकाहरुलाई अनुरोध गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रको आधारलार्ई मान्दै देशका सात सय ५३ वटै पालिकालाई परिपत्र जारि गरिएको मन्त्रालयले जनाएको छ । शिक्षा ऐन, नियमावली तथा प्रचलित कानूनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले काम गरेबापत पाउनुपर्ने तलब भत्ता मासिक रुपमा भुक्तानी गर्ने व्यवस्था गरिएको मन्त्रालयद्वारा लिखित पत्रमा जनाईएको छ ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले यस अघि नै शिक्षकहरूलाई मासिक रूपमा तलब भत्ता निकासा गर्न पालिकाहरूलाई पत्राचार गर्दैआएको थियो । चौमासिक रूपमा तलब पाउँदै आएका शिक्षकहरूले दैनीक जिवनमा असहज भएको भन्दै अन्य निजामति सरह शिक्षकहरुलाई पनि माशिक रुपमा तलब भत्ता दिन माग राख्दैआएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *