अत्याधिक शुल्क बृद्धि गरिएको भन्दै अनेरास्वबियुले मन्त्रीहरुको गाडीमा अवरोध पुर्याएका छन् ।
आज आईतबार बिहान ८ बजेको समय देखि एक घण्टा बिरोध स्वरुप उनिहरुले मन्त्री निवास पुल्चोक देखि बाहिरिने र भित्रिने मन्त्रीहरुको सवारी साधनमा अवरोध गरेका हुन् ।
मन्त्रीको सवारीमा अवरोध गरेको भन्दै केहि बेर अवरोध कर्ता र प्रहरी बिच ठेलमठेल समेत भएको थियो । आन्दोलनकारीहरुले गत श्रावण २०८० श्रावण २५ गते ईन्जिनियरिंङ्ग अध्ययन समितिले संस्थान अन्तरगतका आंगिक क्याम्पसहरुको शुल्क २ लाख ८० हजारबाट अत्याघिक बृद्धिगरि एकैपटक ७ लाख ७५ हजार पुयाएको बिरोधमा श्रृङ्खलाबद्ध आन्दोलन गर्दैआएको अनेरास्वबियुका प्रवक्ता प्रकाश पौडेलले जानकारी दिए ।
बृद्धि गरिएको शुल्क फिर्ता नलिए थप आन्दोलनको कार्यक्रम अघि बढाईने प्रवत्ता पौडेलको भनाई छ ।