श्रावण १६
शेयर कारोबारमा नयाँ रेकर्ड कायम भएको छ ।बुधबार आज एकैदिन २१ अर्ब ९१ करोड ११ लाख रुपैयाँको शेयर कारोबार अर्थात ६४ अङ्कको बृद्धि आउँदा हालसम्मकै ऐतिहासिक रेकर्ड कायम भएको हो ।
यसअघि २०७८ साल साउन ३१ गते २१ अर्ब ६४ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको रेकर्ड रहेको छ । त्यस यता हालसम्मकै उच्च अंकको बृद्धि देखिएको हो । आज हिमालयन रिइन्सुरेन्स कम्पनीको ८४ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबार रकमले रेकर्ड बनाएको दिन शेयर बजार परिसूचक नेप्से ६४ दशमलव २५ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव ९० विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बृद्धि देखिएकोमा बीमा, फाइनान्स, होटल, विकास बैंक, उत्पादन, व्यापार समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको छ ।
आज १० वटा कम्पनीका शेयर १० प्रतिशतले बढेको छ । यस्तै ११ वटा कम्पनीको शेयरमा नौ प्रतिशत बढिको बृद्धि आएको छ भने समग्रमा बजार बढेको दिन समेत सिभिल बैंक डिबेन्चर २०८८ को शेयरमा भने झन्डै आठ प्रतिशतको गिरावट देखिएको छ ।