शेयर बजारमा ३५ अंकको बृद्धि - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

शेयर बजारमा ३५ अंकको बृद्धि


editor@sajhakura December 20, 2023

शेयर बजार आज लगातार सातौँ दिन बुधवार पनि दोहोरो अङ्कले बृद्धि भएको छ । नेप्से आज ३५ दशमलव ३९ अङ्कले बृद्धि हुँदै दुई हजार एक सय ४१ दशमलव ८७ विन्दुमा पुग्न सफल भएको छ ।

बुधबार आज होटल र पर्यटनबाहेक अन्य सम्पुर्ण समूहको शेयर बृद्धि भएको छ भने लगानी समूहको शेयरमा उच्च बुद्धि आएको छ । आज १५ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा पुगेको छ । समग्रमा बजारमा उच्च अङ्कको बृद्धि देखिएको छ । आज सबैभन्दा बढि कुमारी दीघार्यु बचत योजनाको शेयरमा
झन्डै चार प्रतिशतको गिरावट आएको छ ।

शेयर कारोबार रकमले आज एक वर्षयताकै रेकर्ड तोडेको छ । आज एक करोड ९९ लाख ६३ हजार कित्ता शेयर सात अर्ब ९५ लाख रुपैयाँमा कारोबार भएको देखिएको छ । पछिल्लो एक वर्षभन्दा लामो समयदेखि कारोबार रकम सात अर्ब रुपैयाँ पुग्न सकेको थिएन । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको ३७ करोड ३४ लाख र सोल्टी होटलको २४ करोड ५३ लाख रुपैयाँको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *