असार २३,
आज हप्ताको पहिलो दिन अर्थात आईतबार शेयर बजारमा दोहोरो अङ्कको बृद्धि आएको छ । शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव २७ अङ्कले बृद्धि भएर २ हजार १ सय ४० दशमलव ९७ विन्दुमा पुगेको छ ।
आईतबार विकास बैंक, फाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर कारोबार बढेको छ । जसमा प्रमुख रुपमा महोटल, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको छ ।
आज सीईडीबी हाइड्रोपावर, नेशनल लघुवित्त, निफ्रा र केबीएल डिबेन्चर २०८६ को शेयरमा ५ प्रतिशतभन्दा बढिको बृद्धि आएको छ । समग्रमा कारोबार र बजार बढेकोमा मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ ।
आज ३ सय २५ वटा कम्पनीका १ करोड ४० लाख कित्ता शेयर ६ अर्ब २९ लाख रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २१ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।