मंसिर १२,
शेयर बजारमा आज पनि उच्चको बृद्धिदर देखिएको छ । मंगलबार ३३ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव ८१ अङ्कले बृद्धि भएर दुई हजार सात सय ५५ दशमलव ४७ विन्दुमा पुगेको छ । फाइनान्स बाहेक आज सबै समूहको शेयर बढेकोमा विकास बैंक, होटल, जलविद्युत्, बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार समूहको शेयरमा उच्च अङ्कको बृद्धि देखिएको हो ।
आज कर्णाली विकास बैंक, कर्पोरेट विकास बैंक, सिन्धु विकास बैंक, सर्पोट माइक्रोफाइनान्स, सप्तकोशी विकास बैंक, विशाल बजार, , मानुषी लघुवित्त, ग्रीन विकास बैंकको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन मिथिला लघुवित्त कम्पनीको शेयरमा भने १० प्रतिशतको गिरावट आएको छ ।
आज शेयर कारोबार रकममा बृद्धि आएको छ । तीन सय १६ वटा कम्पनीका एक करोड ७१ लाख कित्ता शेयर नौ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भै उल्लेख्य बृद्धि आएको हो ।