शेयर बजार ४३ अङ्कले बढ्यो - साझाकुरा

शेयर बजार ४३ अङ्कले बढ्यो


admin October 18, 2023

आज बुधबार शेयर बजार ४३ अङ्कले बढेर १९ सय विन्दु माथि पुगेको छ । शेयर बजार परिसूचक नेप्से ४३ दशमलव २७ अङ्कले बढेर एक हजार नौ सय सात दशमलव ८९ अङ्कमा पुगेको हो ।

आज सबै समूहको शेयर बढेर बजार हरियाली भएकोमा निर्जीवन बीमा समूहको शेयर साढे दुई सय अङ्कभन्दा धेरैले बृद्धि भएको छ । त्यसैगरि आशा लघुवित्त र इन्फिनिटी लघुवित्तको शेयरमा १० प्रतिशतको बृद्धि आएको छ ।

नेप्से उच्च अङ्कले बढेको भए पनि आज कारोबार रकम भने घट्न गएको छ । कारोबार घटेर एक अर्ब रुपैयाँभन्दा तल झरेको छ । हिजो मङ्गलवार एक अर्ब ८४ लाख रुपैयाँ कारोबार भएकोमा आज ९३ करोड ४८ लाख रुपैयाँको मात्र कारोबार हुनगएको छ भने दुई सय ८६ वटा कम्पनीका ३७ लाख ७२ हजार कित्ता शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सानिमा जीआईसी इन्सुरेन्सको चार करोड ४६ लाख रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *