असार १७
माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक परीक्षा आगामी श्रावण २३ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।
शिक्षा मन्त्रालयले दुईभन्दा बढी विषयमा नन ग्रेडेडलाई समेत परीक्षामा सहभागी गराउने निर्णय गरेपछि बोर्ड बैठकले परीक्षाको मिति सार्वजनिक गरेको हो । साउन २३ गतेदेखि शुरु भई साउन ३१ गतेसम्म सञ्चालन हुने पुरक परीक्षाको नतिजा असोजको पहिलो हप्ताभित्र सार्वजनिक गर्ने बोर्डले जनाएको छ ।
भर्खरै सार्बजनिक गरिएकाे एसईईमा अनुत्तीर्ण भएका दुई लाख ४२ हजार तीन सय १३ जना विद्यार्थीलाई पुनःपरीक्षामा सहभागी हुने अवसर दिईएकाे परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।