श्रीलंकामा भइरहेको नेपाल र भारतबीचको एसिया कपको खेलमा नेपालले राम्रो शुरुवात गरेको छ । खेलमा नेपालले भारतलाई २ सय ३१ रनको लक्ष्य दिएको छ ।
श्रीलंकाको पालेकेलेमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४८ ओभर दुई बलमा अल आउट हुँदै २ सय ३० रन बनायो ।
श्रीलंकाको पालेकेलेमा जारी एसिया कपमा नेपाललाई समर्थन गर्न समर्थकहरु नेपालबाट श्रीलंका पुगेका थिए ।