मोहन कुमार राई
संखुवासभा, हवाइ दुर्घटनामा परी नयाँ जीवन पाएका पदम कुमार श्रेष्ठ द्धारा लिखित पुस्तक ‘अर्को जन्म’ को एक कार्यक्रम वीच विमोचन गरिएको छ ।
श्रीमती निरमाया श्रेष्ठद्धारा प्रकाशित पुस्तक विहिबार चैनपुर नगरपालिकाको दिलकुुमारी भवनमा गएिको विमोचन कार्यक्रममा उक्त पुस्तकका सम्पादक एकु घिमिरेले पुस्तक भित्र कहाली लाग्दो हवाईदुघटना सँगै संस्कृति, इतिहास, भोगोल, समाज, कृषि शिक्षा जस्ता थुपै्र पाटाहरुलाई समेटेको बताउनु भयो । विमोचित ‘अर्को जन्म’ कृति मौलिक र पृथक शैलीमा रहेको समेत जनाएको थियो ।
पुस्तक साहित्यिक नभएर संस्मरणात्मक भएकाले जीवनका घटनाक्रमलाई सरसर्ती पस्कनेकाम गर्दै विश्वसनिताका लागि केही प्रमाणहरु समेत पुस्तकमा समावेश भएको जनाएको छ । २०४१ सालमा संखुवासभाको तुम्लिङ्गटार विमान स्थलबाट काठमाण्डौका लागि उडेको जहाज भोजपुरको चप्लेटीमा दुर्घटनामा परी नयाँ जीवन पाएका श्रेष्ठले जीवनको अनुभुती सँगै कृषि, समाज, शिक्षा जस्ता क्षेत्रमा समेत आफ्नो पुस्तकमा उल्लेख गरेको पाइन्छ ।
पुस्तकमा लेखक स्वयले निकै सरल, आकर्षक, सुन्दर भावशैलीमा दुर्घटनाको वयानको अतिरिक्त बाल्यकालिन जीवन यात्राको भोगाइ, संस्कृति, कृषिसँग सम्बन्धित कफि खेतीको प्रसंगले श्रेष्ठको लेखन कलाप्रतिको अभिरुचीलाई प्रस्ट्याएको सम्पादक घिमिरेले जनाएको छ ।।
चैनपुर समाज सेवा युवा क्लव द्धारा आयोजित उक्त पुस्तक विमोचन कार्यक्रममा क्लवका तर्फबाट उमेश कुमार शाक्य, संखुवासभा बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख चन्द्रमणि दाहाल, रामेश्वर क्याम्पसका प्राध्यापक सुरेश रिमाल शारदा माध्यमिक विद्यालय त्रिशुलेका प्रअ रविन्द्र नेयोङ्ग, चैनपर नगरपालिका उप प्रमुख एलिना श्रेष्ठ लगायत थुप्रै वक्ता तथा सर्जकहरुले लेखक तथा पुस्तकको वारेमा चर्चापरिचर्चा गरिएको जनाएको छ ।
पुस्तक बिमोचन फोटो फिचर