संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन् - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना, नाना र छाना अभियान उद्घाटन्


editor@sajhakura September 24, 2024

असाेज ८
संखुवासभाकाे खाँदबारीमा बाल गृहलाई एक दिन खाना नाना र छाना अभियान उद्घाटन् तथा शुभकामना आदानप्रदान कार्यकमकाे आयाेजना गरिएकाे छ ।
मकालु त्रिसक्ति समूह माट्स नेपालकाे आयाेजनामा कार्यकमकाे शुभारम्भ गरिएकाे हाे । माट्स नेपालका उपाध्यक्ष मुकेस मुदेलकाे सभापतित्व तथा निमित्त प्रमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे ।
कार्यकममा भैरवी दल गुल्मका मुकुन्द न्याैपाने, पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरी, शिक्षा बिकास समन्वय अधिकारी गाेपालमान भण्डारी, जिल्ला समन्वय अधिकारी शुक्रादेवी राई लगायतले बालबालिकाकाे हित प्रवर्धन र संरक्षणका लागि सबै सराेकारवालाहरुकाे हातेमालाे आवश्यक भएकाे धारणा राखेका थिए ।
कार्यक्रममा बालबालिका खाेजतलास काेशी प्रदेस समन्वय केन्द्रका अधिकृत सुमन अधिकारीले काेशी प्रदेसमा बाल गृहकाे अवस्था र बालगृह संचालनका लागि विभिन्न ठाउँमा संचालन गरिँदै आएकाे ताैरतरिकाका बारेमा जानकारी दिएका थिए ।
उनले काशी प्रदेसमा १८ वटा बालगृहहरु संचालनमा रहेकाे जानकारी गराएका थिए ।
हाम्राे बाल गृह हाम्राे जिम्मेवारी । बालगृहलाई एक दिन खाना नाना र छाना अभियान अन्तर्गत निमित्त पमुख जिल्ला अधिकारी माेहनमणी घिमिरेले ब्यक्तिगत सहयाेग गरेका थिएभने अन्य महानुभावहरुले आफ्नाे जन्म दिनकाे अवसरमा बालकल्याण गृहमा रहेका बालबालिकालाई बालगृहलाई एक दिन खाना नाना र छाना अभियान अन्तर्गत रकम सहयाेगकाे प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा समापन गर्दै संस्थाका उपाध्यक्ष मुकेस मुदेलले बालगृहमा रहेका बालबालिकाकाकाे लालन पालन र शिक्षा दिक्षाकाे ब्यव्थापनमा चुनाैतिहरु रहेकाले स्थानीय सरकार लगायत सबै ब्यक्ति र संघसंस्थाले सहयाेग गर्नुपर्ने धारणा राखेका थिए ।
संस्थाका सचिब ध्रुब खड्काले संचालन गरेकाे कार्यक्रममा अध्यक्ष, सचिब र काेषाध्यक्षकाे प्रतिवेदन प्रस्तुत गरिएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *