असार १९
राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधि सभाको सचिवमा नियुक्त गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गर्नुभएको हो ।
‘राष्ट्रपति पौडेलले प्रतिनिधि सभाका सभामुखको सिफारिशमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधि सभाको सचिव पदमा नियुक्त गरिएकाे राष्ट्रपतिको कार्यालयले विज्ञप्ति मार्फत जनाएकाे छ ।
श्राेत:उज्यालाे अनलाईन