संखुवासभा फागुन १९
संखुवासभाको खाँदबारीमा सम्पन्न कोशी प्रदेश मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिवल प्रतियोगिताको उपाधी ससस्त्र प्रहरी बल एपिएफले हात पारेको छ । आज भएको फाईनल खेलमा गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराउँदै एपिएफले उपाधी हात पारेको हो । आजै भएको सेमिफाईनल खेलमा त्रिभुवन आर्मिलाई हराउँदै नेपाल पुलीसले त्रितिय स्थान हात पारेको छ भने त्रिभुवन आर्मिले सान्त्वना स्थान हाँसिल गरेको छ ।
गत फागुन १९ देखि शुरु भएको प्रतियोगितामा बिभागिय टिम सहित ८ टिमको सहभागिता रहेको थियो ।
प्रतियोगिताका प्रथम स्थान हाँसिल गर्ने ससस्त्र प्रहरी बल एपिएफले रु ३ लाख शिल्ड र मेडल हात पारेको छ । त्यसैगरि दितिय हुनेले नगद रु १ लाख ५० हजार, तृतिय हुनेले रु ५० हजार शिल्ड र चौथो हुने टिमले रु ३० हजार र मेडल हात पारेका थिए ।