संखुवासभाको बाह्रबिसे बजारमा आगलागिमा ५ घर जल्यो - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

संखुवासभाको बाह्रबिसे बजारमा आगलागिमा ५ घर जल्यो


editor@sajhakura January 15, 2025

संखुवासभा माघ २
संखुवासभाको सभापोखरी ६ मा पर्ने बाह्रबिसे बजारमा आज दिउँसो आगालागि हुँदा ठुलो धनजनको क्षति भएको छ । स्थानीय सुसिल तामाङ्ग, लालसिंह लिम्बु, अमृता लिम्बु, राम बहादुर राईको घर आगलागिका कारण पुर्ण क्षति भएको खाँदबारी एफएमका सभापोखरी सम्बाददाता ईन्द्रकुमार द्धट्टराईले जानकारी दिनुभयो ।
बुधबार दिउँसो करिव २ बजे राम बहादुर राईको घरबाट आगलागि शुरु भएको प्रहरीले जनाएको छ। आगलागिको कारण र क्षतिको बिवरण भने हालसम्म संकलनको कार्यभैरहेकाले पुर्ण रुपमा प्राप्त भैनसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लागिछानेले जानकारी दिनुभयो । स्थानीयबासिन्दा र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *