नवीन गुरूङ/उज्यालो
संखुवासभा, ८ असाेज- संखुवासभाको मादी नगरपालिका- ६ काे शिरिसे भन्ने ठाउँमा भेटिएकाे शंकास्पद बस्तु (हेण्ड ग्रिनेट) नेपाली सेनाले डिस्पाेज गरेकाे छ ।
अाज मंगलबार विहान करिब पाैने ७ बजेतिर मादी-पिलुवा सडकबाट अन्दाजी २०।२५ मिटर तल रहेको भवानी प्रसाद दाहालको कोदो बारीको छेउमा शंकास्पद बस्तु (हेण्ड ग्रिनेट) स्थानीय २५ बर्षीष संजिब भुजेलले देखेपछि सबैलाई खबर गरेकाे र खाँदबारीबाट नयाँ भैरवी दलकाे डिस्पाेज टाेलीले डिस्पाेज गरेकाे जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक रामकुमार लामिछानेले बताउनुभयाे ।
साे शंकास्पद बस्तु ३६ नम्बरकाे हेण्ड ग्रिनेट रहेकाे जनाएकाे छ । सशस्त्र द्वन्द्वकालकाे समयमा छाेडेकाे हुन सक्ने सेना र प्रहरीले अनुमान गरेकाे छ । डिस्पाेज गरिसकेकाले कुनै खतरा नरहेकाे प्रहरीले जनाएकाे छ ।
खाँदबारीबाट डिस्पाेज गर्ने टाेली नपुग्दा सम्म मादीमंगलबारे र चैनपुरबाट खटिएका प्रहरी टाेली साे स्थान घेरेर सुरक्षित रखेका थिए । पछिल्लो समय जिल्लाका विभिन्न ठाउँहरूमा यस्ता शंकास्पद बस्तुहरू भेटिन थालेकाे छ । केही महिनाअघि जिल्ला प्रहरी कार्यालय परिसरमा समेत सुतली बम भेटिएकाे थियाे ।