संखुवासभा फागुन १०
बिरलै मात्रै देख्न पाईने आर्चरी खेल संखुवासभामा शुरु भएको छ । शुक्रबारबाट संखुवासभाको सदरमुकाम खाँदबारीमा तेस्रो जिल्लास्तरीय खुला आर्चरी ९तीररधनुवाणरदची हान्ने प्रतियोगिता सुरु भएको हो। शुक्रबार एक कार्यक्रमबिच खाँदबारी नगरपालिकाका कार्यवाहक मेयर तथा खाँदबारी– ७ का वडाध्यक्ष देवबहादुर पुँवार मगरले प्रतियोगिताको उद्घाटन गरका थिए ।
‘खेलकुदको विकास सँगसँगै संस्कृतिको संरक्षण’ भन्ने मूल नारासहित २१५२औँ ग्याल्पो ल्होसारको अवसरमा आर्चरी संघ संखुवासभाले जिल्लास्तरीय प्रतियोगिताको आयोजना गरेको हो। यो प्रतियोगिता ल्होसारको अवसरमा बर्सेनि आयोजना गर्ने गरेको आर्चरी संघ संखुवासभाका अध्यक्ष पासाङ भोटेले जानकारी दिए। आर्जरी खेल भोटे जातिको परम्परागत खेल भएको बताउँदै उनले संस्कृति संरक्षण गर्ने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको भोटेले बताए।
तीन दिन सम्म संचालन हुने जिल्लास्तरीय आर्चरी प्रतियोगितामा जिल्लाका नौ वटा टिमको सहभागिता रहेको संघका सचिव मिक्मातेम्बा लामाले बताए। सहभागि टिमहरुमा बौद्धमार्गी समाज मानेभञ्ज्याङ ९बी०, बौद्धमार्गी समाज मानेभञ्ज्याङ ९ए०, भोटखोला आर्चरी संघ छिघुलुङ, नामुछयी, भोटखोला कल्याण सेवा समाज खाँदबारी, ज्यवस्यारी ङाप्ताक छिघुलुङ, पिबु, किमाथांका र खाँदबारी भोटिया सेवा समाज रहेका छन्।
प्रतियोगितामा प्रथम हुने टिमले रु एक लाख पाँच हजार ९९९ रुपैयाँ, दितिय हुने टिमले नगद ५५ हजार ९९९ रुपैयाँ, तृतिय हुने टिमले रु ३५ हजार ९९९ रुपैयाँ र चौथो हुनेले २० हजार ९९९ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसैगरी, व्यक्तिगत उत्कृष्ट, बढी अंक ल्याउने खेलाडी, अनुशासित, नवप्रतिभा र ज्येष्ठ खेलाडीहरूलाई पनि जनहि रु पाँच हजार एक सय रुपैयाँ पुरस्कारको ब्यवस्था छ ।
प्रतियोगिता सञ्चालन गर्न कर्माज्यामु भोटे फाउन्डेसनले मुख्य प्रायोजका रुपमा रु पाँच लाख सहयोग गरेको छ । खाँदबारी– ७ मा रहेको खाँदबारी रंगशालामा शुक्रबार देखि सञ्चालन भइरहेको प्रतियोगिता आईतबार समापन गरिने आयोजकको भनाई छ ।
