संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

संखुवासभामा निकुञ्जका कर्मचारी मृत भेटिए


editor@sajhakura June 30, 2024

असार १६
मकालु वरुण राष्ट्रिय निकुञ्जका एक कर्मचारी मृत भेटिएका छन्।
संखुवासभाको मकालु गाउँपालिका– ३ हेदाङ्नागढीमा मकालु वरुण राष्ट्रिय निकुञ्जका गेम स्काउट पदमा कार्यरत ५० वर्षीय केशर कार्की आइतबार मृत भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए।
उनलाई निकुञ्ज कार्यालयदेखि केही पर मृत अवस्थामा फेला पारेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। उनी भिरबाट लडेको अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नयाँ पत्रिकामा याे खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *