संखुवासभा मंशिर १
कर प्रणालीको सार, लगानीको आधार भन्ने मुल नाराका साथ शुरु भएको १३ औ्र कर दिवस तथा कर सप्ताहको अवसरमा करदाता सेवा कार्यालय संखुवासभाले बिभिन्न कार्यक्रमको आयोजना गरेको छ । सरकारले आज मंशिर १ देखि ७ गते सम्मलाई कर सप्ताहका रुपमा मनाउने घोषणा गरेको छ ।
आज संखुवासभाको खाँदबारी स्थीत पोखरी बजारबाट प्रभातफेरी शुरु गरि नगरका बिभिन्न स्थानको परिक्रमा सहित शुभकामना समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा स्थानीय उद्योगि ब्यवसायी , बिभिन्न कार्यालय संघसंस्थाका प्रमुख तथा प्रतिनिधी, नागरिक समाजका प्रतिनिधीहरुको उपस्थीति रहेको थियो ।
संखुवासभा उद्योग बाणिज्य संघको सभाहलमा आयोजना गरिएको शुभकामना समारोहको अध्यक्षता करदाता सेवा कार्यालयका संखुवासभाका कार्यालय प्रमुख योगेश भट्टराईले गर्नूभएको थियो भने कार्यक्रमको कार्यक्रमको प्रमुख आतिथ्यता प्रमुख जिल्ला अधिकारी बिनोद खड्का रहनुभएको थियो ।
कार्यक्रमका बिशिष्ट अतिथीहरुमा सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरे, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान्, पुर्व अध्यक्ष श्यामसुन्दर उदाश, युवराज शाक्य, प्रहरी प्रमुख डिएसपी दक्षकुमार बस्नेत, खाँदबारी एफएमका अध्यक्ष सरोज कुमार बज्राचार्य लगायत रहनुभएको थियो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग बिकास समिति संखुवासभाका प्रमुख प्रेमचन्द्र राईले राज्यको बिकास र संबृद्धिको मुख्य आधार नै कर भएकाले समयमै कर तिरेर नागरिकले राज्यप्रतिको आफ्नो दायित्व पुरा गर्नूपर्ने धारणा राख्नुभएको थियो ।
करदिवसको अवसरमा शुभकामना दिँदै संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधानले कर तिर्नूृ नागरिकको दायित्व भएपनि ब्यवसायीहरुमा करसम्वन्धी ज्ञानको कमी भएकाले कहिले काहिँ समस्या आउने गरेको बताउँदै संखुवासभा उद्योग बाणिज्य संघले करदाता सेवा कार्यालयसंगको सहकार्यमा उद्योगि ब्यवसायिहरुलाई कर शिक्षा बारे प्रशिक्षणको ब्यवस्था गर्दैआएको बताउनु भएको थियो ।
कार्यक्रममा खाँदबारी एफएमका अध्यक्ष तथा रेडक्रसका जिल्ला सभापति सरोज कुमार बज्राचार्यले कारोबारको बिल तथा स्टकहरुको उचित लेखा राख्न नसक्दा केहि ब्यवसायीहरुले समस्या भोग्नेगरेको भन्दै सहि हिसाव किताव र कर सम्वन्धी आवश्यक ज्ञान हाँसिल गर्नूपर्ने धारणा राख्नुभएको थियो ।
कार्यक्रममा खाँदबारी एफएमका कार्यसमिति सदस्य तथा संखुवासभा होटल ब्यवसायी संघका अध्यक्ष डाक्टर प्रसाद पराजुलीले करदाता सेवा कार्यालय संग होटल ब्यवसायीहरु सम्वन्धमा थप सुधार आवश्यक रहेकोमा जोड दिनुभएको थियो ।
संखुवासभामा रहेका होटल ब्यवसायीहरुले करसम्वन्धी पर्याप्त जानकारी पाउन नसक्दा समस्या भैरहेको वहाँको भनाई थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले कर तिर्नू नागरिकको शान भएको भन्दै राज्यलाई कर तिरेकै आधारमा पनि ब्यक्ति वा उद्योगि ब्यवसायीहरुको मुल्यांकन हुने गरेको बताउँदै नागरिकले कमाएको रकमबाट केहि रकम करको रुपमा राज्यलाई तिर्न कन्ज्युस्याई गर्ननहुनेमा जोड दिनुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै करदाता सेवा कार्यालयका प्रमुख योगेश भटराईले संखुवासभामा २६ हजार ६ सय ७४ जना करदाता रहेको जानकारी गराउँदै जसमध्ये आयकर तर्फ ८ हजार १ सय ८४ भ्याटमा ७ सय २४, अन्तसुल्क तर्फ ४ सय ४७, सरकारी निकायहरु ४ सय ३० र ब्यक्तिगत पान दर्ता १६ ८ सय ६३ रहेको जानकारी दिनुभयो ।
कर प्रणालीको सार लगानीको आधार भनेर सरकारले मनाएको यस बर्षको नारालाई साकार बनाउन सबैपक्षको सहयोगको अपेक्षा गरिएको करदाता सेवा कार्यालयका प्रमुख योगेश भट्टराईको भनाई थियो ।
फाेटाे फिचर