संखुवासभामा मनाईयाे याेग सप्ताह - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

संखुवासभामा मनाईयाे याेग सप्ताह


editor@sajhakura January 14, 2025

आज राष्ट्रिय योग दिवस : संखुवासभामा पनि रुपमा सप्ता मनाईयाे
माघ १
आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
योगले तनावमुक्त हुन र बाथ, दम, उच्च रक्तचाप, मोटोपनजस्ता दीर्घ रोगबाट बच्न सहयोग हुने योगका जानकारहरु बताउँछन् ।
योग गुरु पोख्रेलकाअनुसार योग गर्दा सम्पूर्ण शरीरको रगत सञ्चालन सक्रियसँगै शरीरका बिकारहरु क्रमशः हट्दै जान्छ ।
नियमित योगाभ्यास गर्नाले शरीरमा ऊर्जाको सञ्चार हुने र स्फूर्ति पनि बढाउने भएकाले हिजोआज ठाउँठाउँमा योग शिविर तथा योग कक्षा सञ्चालन हुने गरेका छन् । 
संखुवासभामा पनि विभिन्न कार्यक्रम गरि याेग सप्ताह मनाईएकाे छ ।
जिल्लामा रहेका ब्रम्हकुमारी राजयोग सेवा केन्द्र, पतञ्जली योग समिति, जिवन बिज्ञान प्रयोगशाला, पातञ्जल याेग समिति, हेबेन्ली निर्माण पथ, ओसो सेवा केन्द्र, त्रिरत्न बुद्ध बिहार, गायत्री परिवार, बिश्व हिन्दु महासंघ, श्रीकृष्ण प्रणामी, नेपाल मानव धर्मसेवा समाजको संयुक्त आयोजनामा पौष २४ देखि माघ १ गते सम्म सप्ताहब्यापी योग शिवीर संचालन गरिएको जिल्ला याेग समन्वय समितिका अध्यक्ष भीम कट्टेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *