गत फागुन १८ गते खाँदबारी ७ मा भएकाे हत्याकाे सम्बन्धमा फागुन २७ गते संखुवासभा प्रहरीले हत्यारा सार्बजनिक गरेकाे छ । एक पत्रकार सम्मेलनकाे आयाेजना गरि हत्यारा सार्वजनिक गरेकाे हाे ।
खाँदबारी ११ का मंशिरे शेर्पाले लिभिङ टुगेदरमा खाँदबारी ७ आर्मी क्याम्प नजिक डेरामा आफुसंङ्गै बस्दैआएकि शिलिचाेङ २ घर भएकी २६ बर्षिया बीना कुमारी राईकाे हत्या गरि फरार रहेकाेमा प्रहरीले उनलाई फागुन २४ गते राति खाँदबारी ७ बाट पक्राउ गरेकाे थियाे ।
भिडियाे :