संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न - साझाकुरा
सोमवार, बैशाख ८, २०८२

संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा सम्पन्न


editor@sajhakura February 6, 2024

संखुवासभा
माघ २३,
संखुवासभा मोवायल ब्यवसायी संघको दोश्रो बार्षिक साधारण सभा भब्य रुपमा सम्पन्न भएको छ ।
जिल्ला सदरमुकाम खाँदबारीमा भएको साधारण सभामा जिल्लाका करिव पाँच दर्जन मोवायल ब्यवसायीहरुको सहभागिता रहेको थियो ।
संघका अध्यक्ष कृष्णराज पुरीको सभापतित्वमा भएको साधारण सभामा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलिया प्रमुख अतिथी रहनुभएको थियो भने बिशिष्ट अतिथीहरुमा खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा श्रेष्ठ बज्राचार्य, संखुवासभाका प्रहरी नायव उपरिक्षक डिएसपी घनश्याम श्रेष्ठ, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान लगायत रहनुभएको थियो ।
संघका सचिव राज श्रेष्ठले संचालन गर्नूभएको कार्यक्रममा अध्यक्ष कृष्णराज पुरीले मोवायल ब्यवसायीहरुले भोग्न परिरहेका समस्या र जिल्लामा मोवायल ब्यवसायीको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै डिएसपी घनश्याम श्रेष्ठले मोवायल ब्यवसाय अति संबेदनशिल ब्यवसाय भएकाले अत्यन्तै सचेत रहि ब्यवसाय सुचारु गर्न आग्रह गर्नूभएको थियो ।
वहाँले पछिल्लो समय मोवायल, ईन्टरनेटको दुरुपयोग समेत बढ्दैगएकाले शुरक्षा चुनौति र बिभिन्न सामाजिक अपराधिक कृयाकलाप समेत थपिएको धारणा राख्नुभएको थियो । सामाजिक शुरक्षा र ब्ययक्तिक गोपनियता कायम राखि शान्ति शुरक्षा कायम राख्न जिल्ला प्रहरी कार्यालयले मोवायल ब्यवसायीबाट समेत सहकार्य र सहयोगको अपेक्षा राखेको बताउनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले अहिले मोवायल अति आवश्यकिय सामग्री भएकाले यसले सकारात्मक र नकारात्मक दुवै किसिमको सामाजिक प्रभाव पारिरहेको बताउनु भएको थियो । अहिले मोवायलमा सिंगो संसार अट्ने गरेको धारणा राख्दै यसबाट श्रृजित बढ्दो बिकृति बिसंगति न्युनिकरणका लागि मोवायल ब्यवसायी सजग र सचेत रहनुपर्ने वहाँको भनाई थियो ।
मोवायल ब्यवसायीले भोग्नपरेका प्राबिधिक र कर शुरक्षा आदिजस्ता समस्यामा सहयोग गर्दै बिषेस किसिमका तालिम तथा क्षमता अभिबृद्धिका कार्यक्रम संचालनका लागि सहकार्य गर्ने प्रतिवद्धता समेत
ब्यक्त गर्नूभएको थियो ।
संघको दोश्रो बार्षिक साधारण सभाको अवसर पारेर मोवायल ब्यवसायी महासंघ प्रदेश कार्यसमितिमा निर्वाचित सदस्यहरुलाई खादा,माला र सम्मानपत्रले सम्मानीत समेत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *