संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ - साझाकुरा

संबिधान दिवसका अवसरमा माफी पाएका लोकबहादुर हत्या आरोपमा पक्राउ


admin October 19, 2023

संविधान दिवसका अवसरमा आचरणमा ब्यापक सुधार आएको भन्दै कैद मिनाहा पाएर जेलमुक्त भएका पश्चिम रुकुमका लोकबहादुर विक पुन हत्या आरोपमा पक्राउ परेका छन् ।
कारागार मुक्त भएको तीन साता नवित्दै प्रेमिकाको हत्या आरोपमा बिक पुन पक्राउ परेका हुन । मुसीकोट–७ की २७ वर्षीया भावना विकको हत्या आरोपमा उनी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गएको मंगलबार मुसिकोट नगरपालिका– १ खलङ्गाको एउटा होटलमा उनका प्रेमिका भनिएका भावना मृत अवस्थामा फेला परेकी थिइन् । उक्त होटलको कोठामा घाँटी रेटेर हत्या गरी सिरकले छोपेर छाडिएको अवस्थामा भावनाको शव फेला परेको थियो ।
श्रीमान वैदेशिक रोजगारीमा रहेकी भावना र लोकबहादुरबीच प्रेम सम्बन्ध पाईएको प्रहरीले जनाएको छ ।
बहुविवाहको मुद्दामा जेल परेका विकलाई ६ महिना नबित्दै उनको आचरणमा ब्यापक सुधार आएको भन्दै मन्त्रीपरिषदको निर्णयमा राष्ट्रपतिबाट आम माफी दिई थुनामुक्त गरिएको थयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *