संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन - साझाकुरा
शनिबार, असार ३०, २०८१

संबृद्ध सहकारीद्वारा सरसफाई अभियान संचालन


editor@sajhakura December 9, 2023

साझाकुरा डट कम
खाँदबारी सम्बाददाता

संखुवासभा खाँदबारीमा रहेकाे समृद्ध बहुउद्देश्यीय सहकारी संस्थाले बजारको सडकहरु सरसफाई गर्ने अभियान संचालन गरेकाे छ ।
खाँदबारी नगरपालिकाको कार्यालयले संकल्प गरेको सुन्दर नगरकाे परिकल्पनालाई थप टेवा पुर्याउन संस्थाले बजारको सडकहरु नियमित रूपमा सरसफाइ गर्ने तैयारी गरेकाे संचालक मनिश श्रेष्ठले जानकारी दिए।

संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाले आ-आफ्ना घरको आगनकाे सरसफाई गर्न घरधनिहरुकाे सक्रिय सहभागिताकाे अपेक्षा गरेकाे श्रेष्ठले बताए ।
अहिले याे सरसफाई अभियान खाँदबारी ३ सुमन चाेकबाट बरुण क्याम्पस सम्म संचालन गरिने जनाईएकाे छ ।

संस्थाद्वारा घाेषित सरसफाई अभियान चाँडैनै खाँदबारी ९ तुम्लिङटारमा समेत संचालन गरिने संबृद्ध बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष बिजय तामाङ कालधनले बताए ।
सहकारिमा आबद्ध युवाहरुले ल्याएकाे सरसफाई अभियानकाे अहिले चाैतर्फि प्रशंसा हुनथालेकाे छ । याे अभियानले निरन्तरता पाउनेमा कतिपयले दाेहाेराे प्रतिकृया जनाएका छन् ।
स्थानीयले पनि सरसफाई अभियानलाई सकारात्मक रुपले साथ दिए सरसफाई अभियान निरन्तर रुपले अघि बढाउन कुनै सकस नहुने संम्बृद्धका अध्यक्ष बिजय तामाङ कालधनकाे भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *