भाद्र १०
संसदको सार्वजनिक लेखा समितिमा सांसदहरुबीच चर्काचर्की भएको छ ।
डेडिकेटेड र ट्रंक लाइनको बक्यौता असुलीको सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाहीका लागि सिफारिस गर्ने कि नगर्ने भन्ने विषयमा विवाद हुँदा एमाले र माओवादी सांसदहरुबीच चर्काचर्की भएको हो ।
बैठकमा समितिका सभापति ऋषिकेश पोखरेलले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता नउठाएको भन्दै घिसिङसहितका अधिकारीहरूलाई कारवाहीको दायरामा ल्याउन प्रस्ताव गर्नुभएको थियो । पोखरेलले घिसिङमाथि नै कारवाहीको प्रस्ताव गरेपछि प्रमुख प्रतिपक्षी माओवादी लगायतका सांसदले आपत्ति जनाएका थिए । त्यस क्रममा पोखरेल र माओवादीका अमनलाल मोदीलगायतका सांसदहरुबीच चर्काचर्की भएको थियो । बैठकमा चर्काचर्की भएपछि समितिको बैठक कुनै निर्णय बिना नै स्थगित भएको थियो ।