सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने ८४ प्रतिशतले बढ्यो - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

सगरमाथा क्षेत्र भ्रमणमा पुग्ने ८४ प्रतिशतले बढ्यो


admin September 24, 2023

सोलुखुम्बु स्थीत बिश्वको सवैभन्दा अग्लो सगरमाथा क्षेत्रमा भ्मण गर्ने पर्यटकको सख्या ८४ प्रतिशतले बढेको छ ।

गत चालु आर्थिक वर्ष २०८०र८१ को साउन महिनाको तुलनामा भदौ महिनामा सगरमाथा क्षेत्रको भमण गर्नेको सङ्ख्या ८४ दशमलव २९ प्रतिशतले बढेको सगरमाथा
राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुको तथ्याङ्कले जनाएको छ । तथ्यांङ्क अनुसार गत श्रावण महिनामा २ सय ८ जनाले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए । तर भदौमा १ हजार ३ सय २५ जनाले भ्रमण अनुमति लिएका निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।
भदौमा भ्रमण अनुमति लिनेमा १ हजार १ सय ५४ जना विदेशी र १ सय ७० जना नेपाली रहेको मण्डलको भनाई छ । यसबाट ३२ लाख ६८ हजार ३ सय ८७ रुपैयाँ राजस्व सङ्कलन भएको निकुञ्जले जनाएको छ । सगरमाथा राष्ट्रिय निकुञ्जले नेपालीलाई प्रवेश शुल्कबापत १००, सार्क राष्ट्रका पर्यटकलाई एक हजार ५०० र अन्य विदेशी पर्यटकलाई तीन हजार रुपैयाँप्रति व्यक्ति राजश्वस्वरुप शुल्क अशुल्ने गरेको छ ।
खुम्बुमा वर्षको दुई सिजन चैत्र, वैशाख, जेठ र असोज, कात्तिक, मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । अहिले सिजन शुरु भएसँगै खुम्बुमा पर्यटक सङ्ख्या उत्साहजनक रुपमा वृद्धि भइरहेको छ । निकुञ्जले विदेशी पर्यटकबाट प्रति पर्यटक ३ हजार रुपैयाँ प्रवेश शुल्क लिने गरेको छ भने सार्क देशका नागरिकबाट एक हजार ५ सय र एक पटक हेलिकप्टर अवतरण गरेबापत तीन हजार रुपैयाँ अवतरण शुल्क लिने गरेको सूचना अधिकारी मण्डलले जनाए ।
२०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज १ हजार १ सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *