सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता - साझाकुरा
सोमवार, असार ३२, २०८१

सगरमाथा चढ्ने क्रममा केन्याली आरोहीको मृत्यु, नेपाली सहयोगी बेपत्ता


editor@sajhakura May 23, 2024

विनाअक्सिजन सगरमाथा चढ्ने क्रममा केन्याका आरोही जोसुआ चेरियट किरुईको मृत्यु भएको छ ।
बुधबार राति साढे १० बजे सगरमाथा चुचुरो नजिकै (८,८३० मिटर) उनी मृत अवस्थामा भेटिएको पर्यटन विभागले जनाएको छ ।

उनी विनाअक्सिजन आफ्ना नेपाली माउन्टेन गाइड सोलुखुम्बुका ङवाङ शेर्पाका साथमा १८ मेका दिन आधार शिविरबाट दोस्रो आधार शिविर तर्फ प्रस्थान गरेका थिए । उनीहरू १९ मेका दिन दोस्रो शिविरमा बसेर २० मेका दिन तेस्रो शिविर पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *