घरेलु तथा साना उद्योग कार्यालय सङ्खुवासभाको आर्थिक सहयोग तथा प्रेस युनियन संखुवासभाकाे संयाेजनमा जिल्लाका संचारकर्मीलाई लक्षित गरि फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी तीन दिने आधारभूत तालिम संचालन गरिएकाे छ । मंगलबार बाट शुरु भएकाे तीन दिने तालिममा ३० बढि प्रशिक्षार्थीकाे सहभागिता रहेकाे छ ।
संचार जगतलाई आधुनिक, प्रविधिमैत्री र समयानुकुल बनाई उनिहरुकाे क्षमता बढाउन तालिमले ठुलाे सहयाेग पुग्ने अपेक्षा आफुले राखेकाे उद्घाटन समाराेहका प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताए ।
समन्वय समिति प्रमुख शाक्यले पछिल्लो समय आएका विभिन्न नयाँ टेक्नोलोजीकाे प्रयाेगले ब्यवसायिक पत्रकारिताकाे बिकासमा ठुलाे टेवा पुग्ने धारणा राखेका थिए ।
कार्यक्रमका विशिष्ट अतिथी खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियाले जनतालाई बिकास संग जाेड्न संन्चार जगतकाे भुमिका अत्यन्त महत्वपुर्ण हुनेहुनाले याे क्षेत्र अत्यन्त जिम्मेवार, संम्बेदनशिल र आधुनीक प्रबिधीमैत्री हुन आवश्यक रहेकाेमा जाेड दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीले स्वतन्त्र,सक्षम र निश्पक्ष संचारकर्मले मात्र समाजलाई सहि मार्गमा हिडाउन सक्ने बिचार ब्यक्त गरेका थिए ।
तालिमको सहजीकरण फोटो पत्रकार द्धारिका काफ्ले र सुशिल श्रेष्ठले गरेका छन्।
जिल्लाका ३० बढि प्रशिक्षार्थिकाे सहभागिता रहेकाे तालीम बिहिबार समापन हुने प्रेस युनियन संखुवासभाका सभापति दीपेन्द्र शाक्यले जनाए ।
