माघ ९
सङ्खुवासभाको भोटखोला गाउँपालिकाका एक बालकमा सापु राेग देखिएको छ ।
केहि दिन अगाडि खाँदबारी आएका ति बालकको आँखा सपु संक्रमण देखिएको तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज क्षितिज बरालले जानकारी दिए ।
मंगलबार आँखामा समस्या देखिएपछि आँखा उपचार केन्द्रलाई ल्याइएको बालकको आँखामा सापु देखिएको ईन्चार्ज बरालले बताए ।
ती बालकलाई आजै रेफर गरि काठमाडौं पठाइएको उनले बताए । सेतो पुतलीको झुस आँखामा परेपछि लाग्ने रोगलाई सापु (सिजनल हाइपरएक्युट पनुभिआइटिस) भनिन्छ । यो रोग लागेपछि ४८ घण्टाभित्र अस्पताल नपुगे दृष्टि नै गुम्ने खतरा रहने इन्चार्ज बरालले बताए । जिल्लामा यस अघि सात जनालाई सापु लागेको भेटिएको र तीमध्ये एक जनाको आँखाको ज्योति गुमाउनु परेको थियो।
सङ्खुवासभा सेतो पुतलीको प्रकोप तथा जोखिम क्षेत्रको रुपमा लिइन्छ । सेतो पुतली सक्रिय भइसकेकाले सबै सजक रहन तेजरत्न आँखा तथा कान उपचार केन्द्र खाँदबारीका इन्चार्ज बरालले अनुरोध गरे ।
आँखामा समस्या देखा परे तत्काल आँखा उपचार केन्द्रमा आएर आँखा देखाउन बरालले भनेका छन् ।
श्राेत:अरुण शन्देस
