सङ्खुवासभामा सदरमुकाम खाँदबारीमा कर्मचारी संचय कोष सञ्चालन गरेको सञ्चयकर्ताका लक्षित घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले सेवा लिएका छन् ।
कर्मचारी सञ्चय कोष, सेवा केन्द्र धनकुटाले शुक्रबार देखि आइतबार सम्म घुम्ती सेवा सञ्चालन गरेको धनकुटा सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले जानकारी दिए ।
सञ्चय कोषले नेपालमा नै पहिलो पटक घुम्ती सेवामा मार्फत सेवा प्रदान गरेको हो ।
हिमाली जिल्ला संखुवासभाका सञ्चयकताहरुले धनकुटा तथा विराटनगर पुगेर सेवा लिदा सास्ती खेप्नु परेकाले जिल्लामा नै पुगेर सेवा प्रवाह गरेको प्रमुख सापकोटाले बताए ।
जिल्लामा नै सेवा प्रवाह हुँदा सञ्चयकर्ताको समय र आर्थिक भार समेत कम भएको उनको भनाई छ । घुम्ती सेवामा तीन सय ७७ सञ्चयकर्ताले डिजिटल परिचय पत्र दिएका छन् । यस अघि सञ्चय कोषले हस्तलिखत परिचय पत्र मात्र वितरण गर्दै आएको थियो ।
गोपनियता, दुरूपयोग रोक्न र सेवा प्रभावकारी बनाउन डिजिटल परिचय पत्र वितरण गरिएको धनकुटा सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाले बताए ।
घुम्ती सेवामा सुत्केरी तथा शिशु स्याहार सुविधा अन्र्तगत १३ जनाले सेवा लिएका छन् ।
सुत्केरी तथा शिशु स्वाहार सुविधामा सञ्चयकर्ताले सात हजार पाँच सय रुपैयाँ प्राप्त गरेको सेवा केन्द्रका सुचना अधिकारी देवानन्द बैजनाथले जानकारी दिए । त्यसैगरी अशक्त विशेष सापटी अन्तगत एक जनाले १० लाख रुपौयाँ सापटी समेत लिएका छन् ।
तीन सय ७२ जनाको केवाइसी अद्यावधीक, आठ जनाको खाता एकिरण र अवकाश भएका एक जना सञ्चयकर्तालाई छुट भुक्तानी समेत दिलाईएकाे छ । घुम्ती सेवाको अवसरमा सय भन्दा बढी सञ्चयकर्ता सँग सेवा प्रवाहका बारेमा अन्र्तक्रिया समेत गरिएको थियो ।
सदरमुकाम खाँदबारीमा पनि घर सापटी कर्जा लागु गर्न सञ्चयकर्ताहरुले सञ्चय कोष सँग माग गरेका छन् । कर्मचारी सञ्चय कोषले आफ्नो कार्यालय रहेको जिल्ला केन्द्रित गरेर मात्र घर सापटी कर्जा दिने गरेको छ ।
हिमाली जिल्लाहरुमा घर सापटी कर्जा लागु गरे शहरीकरणमा समेत टेवा पुग्ने सञ्चयकर्ताहरु बताउँछन् ।
नेपालमै पहिलाे पटक संञ्चयकाेषले संखुवासभामा घुम्तिसेवा संञ्चालन गरेकाेमा अभियान अत्यन्त सफल र उत्साहप्रद रहेकाे धनकुटा सेवा केन्द्रका प्रमुख दिपेन्द्र सापकोटाकाे भनाई छ ।
श्राेत:अरुण शन्देश