सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

सट्टेबाजीको आरोपमा १४ भारतीय पक्राउ


editor@sajhakura November 20, 2024

मंशिर ५
रुपन्देहीको भैरहवामा अनलाइन बेटिङ सट्टेबाजी सन्चालन गर्दैआएको आरोपमा १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–३ सगुनी पथस्थित अस्फाक आलमको घरमा अनलाइन खेल मार्फत अवैध रुपमा सट्टेबाजी जुवा सञ्‍चालन गर्दैआएको गोप्य सुचनाको आधारमा छापा मार्दा उनिहरु पक्राउ परेको प्रहरीको भनाई छ । पक्राउ परेका सबै १४ अजा नै भारतीय नागरिक रहेको प्रहरीको भनाई छ ।
सामाजिक सञ्‍जाल ह्वाट्स एप समेतको माध्यमबाट टाइगर ग्रुप, शिव ग्रुप, विनायक ग्रुप गठन गरेर क्रिकेट, फुटबल, टेनिस, हक्की, घोडा दौड, लगायतका खेलहरुमा सट्टेबाजी सञ्‍चालन गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको रुपन्देहीका एसपी रंजितसिंह राठौरले जानकारी दिए । राठौरका नुसार पक्राउ परेका व्यक्तिहरुले ल्डर्स एक्सचेन्ज, अल प्यानल, अल प्यानल ७७७ जस्ता वेभसाइटहरूबाट सट्टेबाजी जुवा संचालनमा सक्रिय थिए ।
पक्राउ पर्नेमा भारत हरियाणा प्रदेशका पासकुल्ला जिल्ला ईन्दौरका साहिल सोडा, फरिदाबाद जिल्ला खडकेला थानाका अनुराग सिंह, नितेश बर्मा, उत्तराखण्ड रानिडिया जिल्ला ज्वालापुरकाश्याम गुप्ता, उत्तर प्रदेश देवरीया जिल्ला गौरीबजारका रवि जैशवाल, आजमगढ जिल्ला सदर थानाका २५ शिवम सिंह त्यस्तै गोरखपुर जिल्ला मोतिरामका दीपक जैशवाल, गाईन्डका रजत कुमार, कुडाघाटका लक्की जैशवाल, खलिलवा थानाका सतेन्द्र कुमार, सोही स्थानका २५ वर्षीय अबधेश कुमार, १८ वर्षीय मोहित कुमार, क्यान्ट थानाका प्रियान्सु जैशवाल, सोही स्थानका मनिष पासवान पक्राउ परेको प्रहरीले जनाएको छ ।
उनिहरुको साथबाट विभिन्न कम्पनीको ४० वटा मोबाइल सेट,तीनवटा ल्यापटप र दुईवटा राउटर बरामद भएको एसपी राठौरले बताए । उनिहरुको बारेमा थप अनुशन्धान भैरहेको रुपन्देही प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *