सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान - साझाकुरा
शुक्रबार, फाल्गुन २, २०८१

सभापोखरी तरुण दलद्धारा श्रमदान अभियान


editor@sajhakura August 17, 2024

भदाै १
संखुवासभा । नेपाली कांग्रेसका भातृसंगठन नेपाल तरुण दल सभापोखरीले श्रमदान अभियान संचालन गरेको छ ।

शनिबार सदरमुकाम खाँदबारीदेखि सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे जोडिने ‘लाइफलाइन’ को रुपमा रहेको पुलको रंगरोगन र सरसफाई गरेको हो । सभापोखरी गाउँपालिका–१ र खाँदबारी नगरपालिका–७ को बीचको पांठामा रहेको पक्की पुल करिब ८/१० बर्ष अगाडी नै निर्माण सम्पन्न भएपनि संरक्षण नहुदाँ दिनानुदिन जीर्ण बन्र्दै गइरहेको थियो । सोही पक्की पुलको रंगरोगन गरिनुका साथै पुलदेखि केही माथिको भाग सम्म सडकको दायाँबायाँ जारजंगल सरसफाई गर्ने, नाली सरसफाई लगायतको कामहरु श्रमदानको रुपमा गरिएको सभापोखरी गाउँपालिकाका अध्यक्ष भीमबहादुर लिम्बूले बताए ।

उनले गाउँपालिकाले रंग लगायत चाहिने सामग्रीहरु उपलब्ध गराएको र रंग लगाउने, सडक सरसफाई गर्ने लगायतको कामहरु युवाहरुले स्वतस्फूर्त रुपमा गरेको बताए । ‘पालिकासँग स्रोत निश्चित हुने गर्दछ । युवाहरुले श्रमदान गर्दा स्थानीय सरकारलाई समेत ठूलो सहयोग पुग्नुका साथै युवाहरुमा अपनत्व समेत हुने भएकाले श्रमदान अभियान संचालन गरिएको हो ।’—अध्यक्ष लिम्बूले भने ।

उनी निर्वाचीत भएर आएपछि श्रमदान अभियानले निरन्तरता पाउदै आएको छ । अध्यक्ष आफै काममा सक्रिय रुपमा खटिने गरेका छन् ।

तरुण दलले कुनै न कुनै रचनात्मक काम गर्नुपर्छ भनेर श्रमदान अभियान संचालन गरिएको तरुण दल सभापोखरीका सभापति जीतमान घलेले बताए । उनले हरेक साता कुनै पनि सार्वजनिक स्थलको सरसफाई लगायत विभिन्न कामहरु गर्ने अभियानको रुपमा अगाडी बढाएको बताए । ‘तरुण साथीहरुलाई एकजुट बनाउर्दै रचनात्मक कामका लागि योगदान गर्नुपर्छ भनेर समेटने गरेको हो ।’—सभापति घलेले भने ।

नेपाली कांग्रेस सभापोखरीका सभापति तथा सभापोखरी–६ वडा अध्यक्ष जितेन्द्र वनेम लिम्बूले सधैं राज्यको मात्रै मुख ताक्ने भन्दा पनि युवाहरु आफैले श्रमदान गर्नुपर्छ भनेर सार्वजनिक महत्वका ठाउँहरुको श्रमदान गर्ने बानीको बिकास गरिएको बताए ।

त्यसैगरि सभापोखरीका तरुण नेता विवेक घलेले सभापोखरीमा राजनैतिक रुपमा नभई सबै युवाहरु स्वतस्र्फूत रुपमा श्रमदान अभियानमा जोडिने गरेको बताए । उनले यो अभियानमा तरुण दलमा आबद्ध युवाहरु मात्रै नभई अन्य विभिन्न संगठनमा आवद्ध युवाहरु समेत जोडिने गरेको र युवाहरु एकजुट भएर अभियान संचालन गर्ने गरेको बताए ।

नेकपा माओबादी केन्द्र र नेपाल एकीकृत समाजवादी पार्टी युवाहरु समेत सँग–सँगै श्रमदान अभियानमा खटिरहेको छ । अघिल्लो शनिबार सो श्रमदान अभियान टोलीले सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारको भोटीखोला पुलबाट सभाखोला पुलसम्म करिब एक किमि पक्की सडकको दायाँबायाँ स्वामीका चार सय वटा विरुवा रोपका थिए । भने सडक समेत सरसफाई गरेको थियो । आगामी शनिबार पनि कुनै न कुनै सार्वजनिक स्थलको सरसफाई र संरक्षण अभियान जुटने उनीहरुको भनाइ छ ।

उक्त श्रमदान अभियानमा सभापोखरी गाउँपालिका अध्यक्ष भीमबहादुर लिम्बू, उपाध्यक्ष लक्ष्मी चापागाई, धूपु प्रहरी चौकीका प्रहरीहरु, सभापोखरी गाउँपालिका भित्रका युवाहरुको सक्रियतापूर्वक सहभागीता जनाएका थिए ।
बाह्रबिसे—धुपु खाँदबारी सडकखण्डको भोटीखोला पुलबाट सभाखोला पुलसम्म गाउँपालिकाको आफनै लगानीमा सडक कालोपत्रे गरिएको छ ।

श्राेत संखुवासभा एक्सप्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *