समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न


editor@sajhakura November 6, 2024

“हर प्रहर गाँउ र नगरी टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ संखुवासभा स्थीत
प्रहरी चौकी नुनढाकी, सिसुवाटार, मंगलबारे र मादीराम्बेनी  संखुवासभाले आ–आफ्नो एरिया इलाकामा “सरसफाई र बहुविवाह” सम्बन्धी जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ ।
उक्त कार्यक्रममा वातावरणीय सरसफाईको महत्व, यसबाट मानव स्वास्थ्यमा पर्नसक्ने नकारात्मक असर र बिभिन्न किसिमका रोग तथा किटजन्य हानीनोक्सानीका बारेमा जानकारी गराईएको थियो भने समुदाय स्तरमा देखिएका नयाँ स्वास्थ्य समस्या र यसबाट बच्न सरसफाईको महत्वका बारेमा जानकारी गराईएको थियो । आज सम्पन्न कार्यक्रमहरुमा बहुबिवाह सामाजिक अपराध भएकाले यसबाट समाज र परिवारलाई पुग्ने नकारात्मक प्रभावका बारेमा जानकारी गराईएको थियो । समुदायस्तरमा देखिएका बहुबिवाहको घटना न्युनिकरणमा परिवारका सदस्य र समुदायका अगुवाको भुमिका महत्वपुर्ण हुने बताईएको थियो । कार्यक्रममा बहुबिवाह यसले पार्ने नकारात्मक प्रभाव र बहुबिवाह सम्वन्धी महलमा उल्लेखित कानुनी सजाँयको ब्यवस्थाका बारेमा प्रशिक्षण गराईएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *