सरकारलाई काम गर्न निर्देशन दिन देउबालाई युवा नेता पौडेलको आग्रह - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

सरकारलाई काम गर्न निर्देशन दिन देउबालाई युवा नेता पौडेलको आग्रह


admin September 24, 2023

नेपाली कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले देशमा काँग्रेसको सरकार भएको कुनै आभाष नभएको भन्दै सभापति देउबा समक्ष तिव्र असन्तुष्टि ब्यक्त गरेका छन् । उनले सभापति देउवालाई सुझाव दिँदै वर्तमान प्रचण्ड सरकारमा काँगै्सको उपस्थीती नदेखिएको भन्दै आक्रोस पोखेका हुन् । आइतबार कांग्रेसको केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राख्ने क्रममा नेता पौडेलले देशको आर्थिक अवस्था सन्तोषजनक नभएको र चारैतिर कार्यकर्ता र जनता रुष्ट हुँदै गएको भन्दै सरकार, नीजि क्षेत्र र आम नागरिकबीच काँगै्सले कुनै प्रभाव छाड्न नसकेको भन्दै वर्तमान प्रचण्ड सरकारलाई चलायमान बनाउन सभापतिले निर्देशन दिनुपर्ने धारणा राखेका  हुन् । ।

रेमिट्यान्स भित्रिएकोमा र विदेशी मुद्रा संचिति भएकोमा हामीले समस्या हल भएको भनेर बुझिरहेका छौं, उनले भने, त्यो होइन, बाह्य समस्या केही हदसम्म समाधान भएपनि भित्रि समस्या झन् झन् बढ्दै गएको छ। यसमा खुसी हुनुपर्ने अवस्था छैन। बैंकमा ४ खर्ब रुपैयाँ संचिति रहेको भएपनि पैंसा बजारमा नआउनु ठूलो समस्या भएको उनले बताए।  चाडपर्वका बेला महंगी बढेको भन्दै बजार अनुमगनमा सरकारले कुनै चासो नदेखाएको उनको भनाइ छ।

३५ प्रतिशत सटहरू बन्द भएको व्यवसायीहरूले बताएका छन्। खाद्यान्नमा महंगी १४ प्रतिशतले बढेको छ। एक बोरा चामलमा  तीन सयसम्म बढेको छ। बैठकले गरेका निर्णयमा मात्रै सीमित नभएर सकारलाई यो काम गर भनेर सभापतिले  भन्नसक्नुपर्यो,उनले भने।

नेता पौडेलले अनुशासन समितिले पद्धतिभन्दा बाहिर गएर आफूखुसी निर्यण गरेको आरोप लगाए। उनले सरकारमा रहेका कांग्रेसका मन्त्रीहरूले राम्रो काम गर्न नसकेको आरोप लगाउँदै काँग्रेसका मन्त्रीले गरेको कामका बारेमा आफुले कहिँकतै भाषण गर्ने अवस्थ नआएको गुनासो गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *