कार्तिक २
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्ने रणनीतिमा रहेको खुलासा गरेका छन् ।
आज शुक्रबार बिहान प्रतिपक्षि दलसंगको बैठकमा दाहालले प्रतिपक्षीलाई फुटाइदिने र नेताहरुलाई पक्राउ समेत गर्न खोजेर तर्साउने रणनीतिमा सरकार रहेको खुुलासा गरेका हुन्।
अध्यक्ष प्रचण्डका अनुशार बुधबार बालुवाटारमा बसेको नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको कुरा सुन्दा सरकार कसैगरि लामिछानेलाई पक्राउ गर्न उद्यत रहेको छ ।
प्रचण्डको उक्त अभिब्यक्ति पछि सरकारले पुर्वउपप्रधानमन्त्री लामिछानेलाई पक्राउ गरे सामुहिक प्रतिबाद गर्ने बिपक्षी दलहरुले निर्णय गरेका छन्।