सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने - साझाकुरा
बिहिबार, फाल्गुन १, २०८१

सहकारीमा डुबेको ५ लाखसम्मको रकम सरकारले फिर्ता दिने


editor@sajhakura May 28, 2024

सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ ।

आगामी आव २०८१ ÷०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले पाँच लाख रुपैयाँसम्म रकम बचत गरेका एकाघरका बचतकर्ताको रकम सरकारले फिर्ता गर्ने जानकारी गराएका हुन् । उनले सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बताए । सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको बजेट प्रस्तुत गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *