सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

सहकारी ठगीका आरोपी फरार मेयर नेपालीलाई भारतबाट नेपाल ल्याईदै


editor@sajhakura September 27, 2024

असोज ११
सहकारी ठगी आरोपमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा पक्राउ गरिएको छ । सुरक्षा अधिकारीहरुले उनलाई नियन्त्रणमा लिईएको जनाएका छन् ।
इन्टरपोलमा समेत रेड नोटिस जारी गरि खोजि शुरु गरिएको उनलाई दिल्लीमा भारतिय प्रहरीले फेला पारेर नेपाल प्रहरीलाई बुझाउने तैयारी गरेको जनाईएको छ ।

सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली गत २०८० जेष्ठ ५ गते देखि फरार भएका थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।
बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकर्ताको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन बचतकर्ताहरुलाई सार्वजनिक आह्वान गरेको थियो । इमेज सहकारीको बागलुङ बजार, गलकोट र बुर्तिबाङमा गरी ३ वटा शाखा बागलुङमा मात्र छन् भने पोखरा सिर्जनाचोकमा समेत यसको शाखा रहेको छ । बागलुङमा मात्र २ अर्ब भन्दा बढी रकम हिनामिना भएको अनुमान गरिएको छ । बागलुङ र पोखरा दुबै ठाउँमा बचतकर्ताका संघर्ष समिति नै बनाएर मेयर नेपालीलाई नेपाल झिकाएर कारबाही गर्न माग गर्दै प्रदर्शन समेत गर्दैआएका थिए ।

श्रीमतीसहित फरार रहेका मेयर नेपालीले ५ मंसिर ०८० मा फेसबुकमा भिडियो सन्देश तथा विज्ञप्तिमार्फत आफ्नो र श्रीमतीको नाममा रहेको घरजग्गाबाट हिसाब मिलाउन आफु तैयार रहेको भिडियो शन्देस सार्वजनिक गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *