मकालु गाउँपालिका अध्यक्षकाे कार्यकक्षमा लगाईएकाे ताला सहमति पछि खुलेकाे छ ।
नियमित रुपमा सेवा प्रवाहकाे ब्यवस्था मिलाउने, गाउँपालिका कार्यालयमा रहेकाे सवारि साधनकाे यथार्थ विवरण सार्वजनिक गर्ने, जिर्ण सडक मर्मतलाई प्राथमिकतामा राख्ने लगायतका बिषयमा सहमति जुटेपछि संखुवाुभा मकालु गाउँपालिका अध्यक्ष वाङ्दी शेर्पाकाे कार्यकक्षमा लगाईएकाे तालाबन्दि खुलेकाे संचारकर्मि गंगा बिष्टले जनाएका छन् ।
लामाे समय देखि जिम्मेवार पदमा बसेकाे गाउँपालिका अध्यक्ष कार्यालयमा अनुपस्थित हुनेगरेकाे,अध्यक्ष अनुपस्थित हुँदा कार्यालयकाे दैनीक सेवाप्रवाहमा समस्या भएकाे र गाउँपालिकाकाे सवारि साधन दुरुपयाेग गरिएकाे भन्दै संखुवासभा मकालु गाउँपालिकाकाे अध्यक्षकाे कार्यकक्षमा केही स्थानीयले तालाबन्दि गरेका थिए ।