संखुवासभा फागुन ८
तसबीरः नवीन गुरुङ्ग
राष्ट्रिय सभाका साँसदहरु यतिवेला काशी कोरिडोरको सडक अनुगमनका लागि संखुवासभामा आईपुगेका छन् । उनिहरुले संखुवासभा भ्रमणका क्रममा भोटखोला ४ स्थीत बरुण बजार सम्मको सडक अनुगमन गर्ने उत्तर दक्षिण कोशी सडकका कार्यालय प्रमुख राम बहादुर गुरुङ्गले जानकारी दिए ।
१६२ किलोमिटर लम्बाई रहेको खाँदबारी किमाथांंका सडकको अनुगमनका क्रममा काठमाण्डौबाट हवाई उडानमार्फत तुम्लिंङ्टार बिमानस्थल ओर्लिएको अनुगमन टोलिमा राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनामा ग्याल्जेन शेर्पा, सदस्यहरु किरणबाबु श्रेष्ठ, गोपीबहादुर सार्की अछामी, दुर्गाकुमारी गुरुङ, मनरुपा शर्मा र राजेन्द्रलक्ष्मी गैरेसहित समितिका कर्मचारी उपसचिव सरस्वती मरहठ्ठा र शाखा अधिकृत नारायणबहादुर कार्की रहेको उत्तर दक्षिण कोशी सडक कार्यालय संखुवासभाले जनाएको छ ।
सदरमुकामबाट १५२ किलोमिटर उत्तरमा पर्ने चिनको सिमानामा रहेको किमाथांका सम्मको सडक अनुगमन गर्ने भनिएपनि सडकको काम पुरा भैनसकेको र यातायातको साधन चल्न नसक्ने भएकाले सदरमुकाम खाँदबारीबाट ८० किलोमिटरको दुरीमा रहेको भोटखोला ४ स्थीत बरुण बजार सम्म मात्रै अनुगमन गर्ने कार्यक्रम रहेको उत्तर दक्षिण कोशी सडक कार्यालय प्रमुख प्रमुख राम बहादुर गुरुङ्गले बताए । उनले साँसदहरुले अनुगमन अर्थात अवलोकन भ्रमणमा देखिएका कामको प्रगतिका बारेमा खाँदबारीमा बिहिबार अन्तरक्रिया कार्यक्रम आयोजना गरि जानकारी दिईने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनामा ग्याल्जेन शेपाले बताए ।
उनले राष्ट्रिय सरोकारका बिषयहरु समितिले हेर्ने भएकाले कोकी कराडोर अन्तर्गत खाँदबारी–किमाथांंका सडकको अनुगमनका लागि आफुहरु संखुवासभा आईपुगेको र संखुवासभा पछि चुरे संरक्षण क्षेत्र, गिरिजाप्रसाद कोईराला क्रिकेट स्टेडियम, मेट्रो रेलमार्गको कामको प्रगतिको स्थलगत अनुगमन भ्रमण सम्पन्न गरि भ्रमण प्रतिवेदन सरकार र सदनलाई बुझाउने कार्यक्रम रहेको जानकारी दिए ।
खाँदबारी देखि किमाथांका सम्मको १५२ किलोमिटरको काम उत्तर दक्षिण कोशी सडक कार्यालयले २०६६ सालमा खाँदबारीमा कार्यालय स्थापना गरि हेर्दैआएको छ । गएको माघ १४ गते जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का, पुर्वाधारमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईले सडकको ब्रेक थ्रु गरेका थिए ।
भारतको जोगवनी र चीन जोड्ने ३६२ कोशी सडक संचालन पछि भारत नेपाल र चीन बिचको त्रीदेशीय ब्यापार मार्फत नेपालको अर्थतन्त्रमा ब्यापक सुधारको राष्ट्रिय लक्ष लिईएको छ ।