कांग्रेस संसदीय दलको आइतबार बसेको बैठकले आफ्ना दलका तर्फबाट भूकम्पपीडितका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप उपलब्ध गराउने निर्णय गरेको छ ।
कांग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा धुम्बाराहीस्थित उहाँको निवासमा बसेको बैठकले भूकम्पमा परी जीवन गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।