दुर्गामणी पाैडेल
संखुवासभा
बैसाख २०
नेपालका बैंकहरुमध्ये अग्रणी स्थानमा रहेको नेपाल एसबिआई बैंक धर्मदेबी शाखाले सामाजिक उत्तरदायित्व बहन अन्तर्गत धर्मदेबी वडा न.३ मा रहेको सिंहेश्वरी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा एल केजी देखि कक्षा चार सम्मका विद्यार्थीहरुलाई १५३ थान ट्रायक सुट प्रदान सुट प्रदान गरेको छ। बैंकले विगत देखि नै विभिन्न सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको धर्मदेबी शाखाका कर्मचारी जिवस राज अर्यालले बताउनु भएको छ ।
बैंकले लिएको यस्तो पहलबाट सामुदायिक बिधालयना विद्यार्थीको आकर्षण बढ्ने साथै शैक्षिक गुणस्तरमा सघाउ पुग्ने विश्वास लिएको छ।
बैंकले बिधालयमा गरेको यो किसिमको कार्यक्रम प्रभावकारी रहेको र यो कार्यक्रमबाट विद्यार्थी मात्र नभई अभिभावक समेत हर्षित रहेको हुनाले आउँदा दिनमा एस्ता किसिमका कार्यक्रम हरु अन्य संस्थाले समेत संचालन गर्न सिंहेश्वरी माध्यमिक विद्यालयकि प्रधानाध्यापक देबिमाँया चापागाईंले अनुरोध गर्नुभएको छ।
महत्त्वपूर्ण कार्यक्रम ल्याएर सिंहेश्वरी माध्यमिक विद्यालयलाई छनोट गर्नुभएकोमा एसबीआई बैंक परिवारलाई बिधालय व्यवस्थापन समितिका अध्यक्ष टेक ब. पौडेलले धन्यवाद दिनु भएको छ।
उक्त कार्यक्रममा कोशी प्रदेससभा पुर्व सदस्य पदमकुमारी गुरुङ,बैंकका धर्मदेवी शाखा प्रवन्धक सुसिल निरौला, बैंकका कर्मचारी जीवस राज अर्याल ,पत्रकार महासंघ संखुवासभा प्रतिनिधि दुर्गेश पौडेल ,तथा सोहि स्कुलका शिक्षक तथा कर्मचारी लगायत सो विद्यालयका विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
एसबिआइले २०७३ देखि धर्मदेवी नगरपालिकाको मुडे बजारबाट बित्तिय सेवा प्रवाह गर्दैआएको छ । बैंकले देशभर ९७ शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १३ शाखारहित बैंकिङ सेवा, १२१ एटीएमर १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ |