सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे - साझाकुरा
बिहिबार, मंसिर २७, २०८१

सामाजिक संस्थाहरुद्वारा संयुक्त रुपमा विश्व क्यान्सर दिवस मनाईयाे


editor@sajhakura February 4, 2024

हेरचाहमा हुने असमानताकाे अन्त्य गराैं भन्ने नाराका साथ आज बिश्वभर विभिन्न चेतनामुलक कार्यक्रमका साथ विश्व क्यान्सर दिवस मनाईएकाे छ ।
दिवसका अवसरमा नेपाल अर्बुद राेग निवारण सस्था संखुवासभाले आज सदरमुकाम खाँदबारिमा दिप प्रज्वलन कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
संखुवासभा उद्योग बाणिज्य संघ र खाँदबारी युथ क्लबसंगकाे सहकार्यमा खाँदबारिकाे पाेखरि पार्कमा आयाेजित कार्यक्रममा जिल्ला समन्वय प्रमुख सुमन शाक्य प्रमुख अतिथी रहनुभएकाे थियाे ।
बिशिष्ठ अतिथिका रुपमा नेपाल पत्रकार महासंघ संखुवासभा शाखाका अध्यक्ष ईन्द्र गिरी, संखुवासभा उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णभगत प्रधान, नेपाल भलिबल संघका केन्द्रीय सदस्य प्रबिण श्रेष्ठ रहनुभएकाे थियाे ।
अर्बुदका जिल्ला सचिब निरञ्जन श्रेष्ठले संचालन गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथी समन्वय प्रमुख सुमन शाक्यले क्यान्सर राेगलाई प्राण घातक राेगका रुपमा लिईएता पनि समयमा उपचार गर्न सकिए याे राेग सामान्य रुपमा निकाे हुने राेग भएकाे धारणा राख्नुभएकाे थियाे ।
वहाँले उचित खानपान, नियमित ब्यायाम र समय समयमा नियमित स्वास्थ्य परिक्षणमा ध्यान दिने हाे भने क्यान्सरबाट वच्न सकिने बताउनु भएकाे थियाे ।
कार्यक्रममा समापन मन्तब्यका क्रममा अर्बुदका संखुवासभा सभापति कृष्णराज शाक्यले पछिल्लाे समय क्यान्सर जस्ता खर्चिलाे राेगकाे उपचारमा सरकारले केही सहयाेगकाे ब्यवस्था गरेपनि त्याे सहयाेग अति नै न्यून भएकाे धारणा राख्नुभएकाे थियाे । सुर्तिजन्य बस्तुकाे प्रयाेग र बजारिकरणलाई हताेत्साहि बनाउन सरकारले यस्ता बस्तुमा अधिकत्तम मुल्यबृद्धि गर्नुपर्ने अध्यक्ष शाक्यकाे भनाई थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *