सिटिजन लाइफको सेयर किनबेच आजबाट - साझाकुरा
शनिबार, असार ३०, २०८१

सिटिजन लाइफको सेयर किनबेच आजबाट


editor@sajhakura October 1, 2023

सेयर बजारमा आइतबारदेखि सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार  हुने भएको छ।
नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको कारोबार हुने भएको हो। कम्पनीको ३ करोड ७५ लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको हो।

पहिलो कारोबारका लागि कम्पनीको ओपनिङ रेन्ज १ सय ७२ रुपैयाँ ४३ पैसादेखि ५ सय १७ रुपैयाँ २९ पैसासम्म दिइएको छ।
कम्पनीले प्रतिकित्ता २ सय ४४ रुपैयाँ प्रिमियम मूल्यमा आईपीओ जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *