सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु - साझाकुरा
शनिबार, असार ३०, २०८१

सिन्धुलीमा पोखरीमा डुबेर २ बालकको मृत्यु


editor@sajhakura July 4, 2024

असार २०
सिन्धुलीको दुधौली पोखरीमा डुबेर २ बालकको ज्यान गएको छ ।

चुरे उत्थानशील आयोजनाले निर्माण गरिरहेको पोखरी अलपत्र रुपमा त्यसै छाडिँदा पोखरीको पानीमा डुबेर २ जना बालकले ज्यान गुमाउनु परेको स्थानीयले बताएका छन् ।
पोखरीमा डुबेर दुधौली नगरपालिका–६ का संजिव कुमारका ९ वर्षीय छोरा अनिश कुमर र बासुराम कुमरका ६ वर्षीय छोरा संजल कुमारको मृत्यु भएको प्रहरीले जनाएको छ । डुबेपछि उद्धार गरिएको उनिहरुलाई उपचारका लागि नगर हस्पिटल सिर्थौली लगिएकोमा चिकित्सकले दुवैलाई मृत घोषणा गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *