मंसिर ७
आन्तरिक राजश्व कार्यालय ललितपुरले सबैभन्दा बढि आयकर बुझाएको भन्दै सिजी मोटर्सलाई आज एक कार्यक्रमको आयोजना गरि सम्मानित गरेको छ । राष्ट्रिय कर दिवसका अवसरमा पारेर आज शुक्रबार आन्तरिक राजस्व कार्यालयमा आयोजित कार्यक्रममा सिजीलाई सम्मान गरेको हो ।
आन्तरिक राजश्व कार्यालय ललितपुरले व्यावसायिक स्थायी लेखा नम्बर लिई कारोबार गरेका ब्यवसायिहरु मध्येबाट आर्थिक वर्ष २०७९÷०८० को आय विवरणको आधारमा सबैभन्दा बढी आयकर दाखिला गरेकोमा सीजी मोटर्सलाई सम्मान गरेको जनाएको छ ।
चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सम्मान पत्र बुझेका थिए । ग्रुपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो ग्रुपले देशको कुल सरकारी राजस्वको दुई प्रतिशत कर योगदान गरेको बताउँदै
राष्ट्रको भौतिक एवं सामाजिक विकासमा चौधरी ग्रुपले थप योगदान बढाउने प्रतिवद्धता जनाएका थिए ।