सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश - साझाकुरा
आइतवार, मंसिर १६, २०८१

सुकुम्बासीलाई विकल्प दिएर हटाउन सर्वोच्चको आदेश


editor@sajhakura July 17, 2024

श्रावण २

सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनार ओगटेर बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश गरेकाे छ ।

फैसलामा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न आदेस गरिएकाे हाे ।
अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी  हाल इचंगुनारायणमा रहेकाे आवासमा स्थानान्तरण गर्नभनी विकल्प समेत दिएको छ ।

यदि उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका स्वरुप नगद दिएर भए पनि अतिक्रमण राेक्न भनेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *