सुनको भाउ आईतबार तोलाको १ लाख २६ हजार - साझाकुरा
सोमवार, असार ३२, २०८१

सुनको भाउ आईतबार तोलाको १ लाख २६ हजार


editor@sajhakura March 10, 2024

सुनको भाउ आज आईतबार बढेर तोलाको १ लाख २६ हजार रुपैयाँ पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार रुपैयाँ पुगेको जनाएको हो । गत बिहीवार र शुक्रवार सुन प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएकोमा सुनको भाउ बढेर अहिले सम्मकै उच्च मुल्यमा पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउमा पनि बृद्धि आएको छ । चाँदीको भाउ आज तोलामा ५ रुपैयाँले बढेर १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *