सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो - साझाकुरा
सोमवार, असार ३२, २०८१

सुनको भाउ एकै दिन तोलामा सोह्र सयले बढ्यो


editor@sajhakura July 4, 2024

असार २०

सुनको भाउ आज बिहिबार एकैदिन तोलामा सोह्र सयले बढेको छ ।
हिजो बुधबार तोलाको १ लाख ४२ हजार ७ सयले कारोबार भएको सुनको भाउ आज एक हजार छ सय रुपैयाँले बढेर १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघको भनाई छ ।
आज चाँदीको भाउ पनि सामान्य रुपले बढेको छ । चाँदीको भाउमा आज ४० रुपैयाँ बृद्धि भएर
तोलाको १ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *