सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो - साझाकुरा
मङ्लबार, चैत्र ११, २०८१

सुनको भाउ १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्यो


editor@sajhakura October 18, 2024

कात्तिक २
सुनको भाउ आज एकैदिन दुई हजारले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको छ । यो अहिले सम्मकै सुनको उच्च भाउ हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो र अस्ति पनि सुनको भाउले नयाँ कीर्तीमानी कायम गरेको थियो ।
यस्तै आज चाँदीको भाउमा पनि प्रतितोला रु ३० को बृद्धि आएको छ । आज चाँदि तोलाको एक हजार नौ सय ८० रुपैयाँ पुगेको नेपाल सुनचाँदी ब्यवसायि महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *