सुन तस्करीको आशंकामा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनलाई प्रहरिले पक्राउ गरेकाे छ ।
पुनलाई काठमाण्डौबाट पक्राउ गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जनाकारिदिए ।
गत श्रावणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको करिब ६१ केजी सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको प्रहरिकाे भनाई छ ।
हिजो गृहमन्त्रीसमक्ष पेस भएको सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि पुनको संलग्नता रहेकाे खुलाईएकाे छ ।
